नेपालका लागि गतिलो राष्ट्रिय नीति बनाऊ

    लगातारको नाकाबन्दीले सकस भोगेका नेपाल र नेपालका आम नागरिकहरु अहिले आफु आत्मनिर्भर हुने कुरालाई महत्वका साथ उठाउनुपर्ने सोचमा देखिन्छन् कतिपय देशको भन्दा ब्यक्तिगत चिन्ता बोक्नेहरु देशको संकट समाधान तर्फ होइन आगोमा ध्यू थपेर धमिलो पानीमा माछा मार्ने अभियानमा लागेका छन् । यस्तो अभियान गाउँ गाउँ सम्म देखिएको छ । कतिपयले कालो बजारी गरेर अभियानलाई सफल पारेका छन् त कपियले पार्टी छोड्दै जनता भड्काउँदै अभियानलाई सफल पार्ने प्रयास गरेका छन् । कोही नयाँ शक्तिका लागि भनेर दौडीरहेका छन् ।
भारतले नेपाल माथी लगातार रुपमा         लगाइरहेको नाकाबन्दीको बिरोध गर्नका लागि सत्ता र कुर्ची नै कुर्नुपर्ने अनि कुनै आर्को पार्टी गठन गरेर अध्यक्ष नै बन्नुपर्ने सोच बोकेका भ्रष्टहरुलाई जनताले बुझिसकेका छन् त्यसको जवाफ समयअनुसार चुकाउने पक्क देखिएको छ । सरकारले केही गर्न खोज्दा समेत सरकारको कदममा असहयोग गर्ने नेपालको कर्मचारी तन्त्रलाई आएको कमिशन र कमिशन खोरहरुलाई सिँधै कारवाही गर्ने अभियान समेत सरकारले थाल्नुपर्ने देखिएको छ ।
मुख्य समस्याको रुपमा रहेको ईन्धन र औषधिको बिकल्प अहिलेका लागि मात्र हैन अव सहजता भएपछि पनि यसको बिकल्प खोज्न सरकार तल्लिन भएन भने पक्कै पनि भोलीका दिनहरुमा नेपालीहरु यती धेरै           परनिर्भर हुने देखिएको छ कि अरुले खान दिए खाने र खान नदिए झोक्राउँदै बस्ने बाहेकको अन्य बिकल्प नहुने देखिएको छ ।
अहिले जे–जस्तो  परिस्थिति र चुनौती सिर्जना          भइरहेको छ, त्यसका लागि  प्रत्यक्ष वा अपत्यक्ष रूपमा जो जसको जिम्मेवारी भएता पनि नेपाल सरकारको मुख्य दायित्व भनेको नयाँ राष्ट्रिय नीति सँगै आत्मनिर्भरताको नयाँ आन्दोलनको सुरुवात नै महत्वपुर्ण कुरा हुन आउँछ  ।
एक्काईसौं सताब्दीका नेपालीहरु भनेर हामिहरुले          गरेको गौरवलाई समेत धुलोमा मिलाउने अभियान छिमेकी र तराईका नागरिकहरुबाट भैरहँदा नेपाल र नेपालीहरुको समस्या समाधान होईन भूमिकगत रुपमा नेपाल बिखण्डन गर्ने शक्तिहरुलाई पक्कै पनि सरकारले पहिचान गरेर तत्काल कारवाही गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार